२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

पाण्डेयद्वारा लिखित ‘शासन प्रणाली स्रोत सामग्री’ बजारमा 

आइतवार , पौष १७, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, १७ पुस ।
    नेपाल सरकारका उपसचिव तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयद्वारा लिखित पुस्तक ‘शासन प्रणाली स्रोत सामग्री’ आइतबारदेखि बजारमा आएको छ । 

    पुस्तक लोक सेवा आयोगद्वारा निर्धारित नेपाल प्रशासन, परराष्ट्र, लेखापरीक्षण, संसद् र न्याय सेवाको शाखा अधिकृत पदको पाठ्यक्रममा आधारित रहेको छ । उक्त पुस्तकमा हरेक विषयवस्तुको सैद्वान्तिक अवधारणा, परिचय, परिभाषा र नवीनतम सन्दर्भ तथा नेपालको सन्दर्भमा कानुनी, नीतिगत तथा संस्थागत व्यवस्था एवं समस्या र चुनौती तथा आगामी कार्यदिशाका बारेमा ब्याख्याय र विश्लेषण गरिएको छ । 

    लोक सेवा आयोगको परीक्षा प्रणाली र शाखा अधिकृत तहको प्रश्नको शैलीलाई दृष्टिगत गरी पुस्तक अत्यन्त सरल र सहज भाषामा लेखिएको छ । कतिपय सन्दर्भमा परीक्षार्थीमा विषयवस्तुको अवधारणात्मक बुझाइमा नै अस्पष्टता रहने गरेकाले प्रश्नको अपेक्षित उत्तर र परीक्षार्थीले लेख्ने उत्तरबीच बिचलन रहनु नै परीक्षार्थीका लागि चुनौतीको रुपमा रहेको छ । समग्रमा पुस्तकको विषयवस्तु लेखन यही चुनौती निवारणमा केन्द्रित रहेको बताइएको छ । 

    लोक सेवा आयोगको शाखा अधिकृत पदको परीक्षा तयारीमा रहेका परीक्षार्थीका लागि पुस्तक सफलताको सारथी हुने विश्वास गरिएको छ । पुस्तकको प्रमुख विक्रेता भने पैरवी प्रकाशन रहेको छ । यसअघि पाण्डेयको लेखन र सम्पादन रहेको उपसचिव स्रोत सामग्री लोक सेवा आयोगका परीक्षार्थी माझ लोकप्रिय पुस्तकका रुपमा परिचित रहेको छ ।