images

बिहिवार, बैशाख १३ गते २०८१

सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

images
images
images
सोमवार, पौष १८ २०७९
सोमवार, पौष १८ २०७९
  • सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

     १८ पुस । अभिनेता सलमान खानको बलिउडमा अहिले पनि दबदबा कायमै छ । कपुर र बच्चन परिवारको जस्तै सलमानको परिवार पनि फिल्म उद्योगमा परिचित छन् । आफ्नो समयको प्रख्यात लेखक सलिम खानका चार सन्तान छन् । चारमध्ये सबैभन्दा बढी चर्चा सलमानकै हुन्छ । सलमान र उनको परिवारको बारेमा जोकोही परिचित छिन् । तर, सायद कमैलाई मात्र उनीहरूको शैक्षिक योग्यताका बारे थाहा छ । यहाँ उनीहरुको शैक्षिक योग्यताका बारेमा उल्लेख गरिएको छ ।

    images

    सलमान खान

    अभिनेता सलमान कलेज ड्रप आउट हुन् । उनले आफ्नो सुरुवाती पढाई ग्वालियरको सिन्धिया स्कुलबाट गरेका थिए । त्यसपछि उनलाई पिता सलिम खानले मुम्बई बोलाए । मुम्बईमा सेन्ट स्टेनिसलस स्कुलमा उनी भर्ना भए । यहाँबाट स्कुल शिक्षा पुरा गरेपछि मुम्बईको सेन्ट जेवियर कलेजमा भर्ना भए । तर अभिनयमा पाइला चालेपछि उनले आफ्नो ग्रयाजुएसन बीचमा नै छोडदिए ।

    अरबाज खान

    अभिनेता अरबाजले ग्वालियरको सिन्धिया स्कुलमा आफ्नो पढाई पुरा गरेका छन् । यद्यपि उनले स्कुलपछि निर्देशनमा पाइला चाले ।

    सोहेल खान

    अभिनेता सोहेल खानले मुम्बईको स्टेनिसलस स्कुलबाट १२ कक्षासम्म पढेका छन् । सोहेल पाइलट बन्न चाहन्थे, यसका लागि उनले पाइलट तालिम कोर्षको लागि निवेदन पनि दिएका थिए । तर कमजोर दृष्टिका कारण उनी भर्ना हुन पाएनन् ।

    अर्पिता खान

    सलमानकी बहिनी अर्पिताको पढाई अब्बल छ । उनले लण्डनको कलेज अफ फेसनबाट फेसन र मेनेजमेन्टको पढाई पुरा गरेकी छन् ।

    अलविरा खान

    सलमानकी अर्की बहिनी अलविराले फेसन डिजाइनिङमा ग्राजुएसन गरेकी छन् । उनी फेसन डिजाइनरसँगै फिल्म निर्मात्री पनि हुन् ।

    आयुष शर्मा

    अर्पिताका पति आयुष शर्माले दिल्ली पब्लिक स्कुलबाट १२ पास गरेका छन् । आयुषको सुरुवातदेखि नै अभिनयप्रति चासो थियो । यही कारण उनले आफ्नो पढाई बीचमा नै छोडे ।

    सलिम खान

    सलमानका पिता सलीमले इन्दोरको सेन्ट रफेल्स स्कुलबाट १२ पास गरेका हुन् । उनले होलकर कलेजबाट बीए र एमएसमेत गरेका छ्न ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij