२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

एकीकृत समाजवादी तत्काल सरकारमा नजाने

सोमवार , पौष १८, २०७९


काठमाडौं, १८ पुस ।

नेकपा एकीकृत समाजवादीले तत्काल सरकारमा नजाने जनाएको छ । सोमबार बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो । तर, सरकारबाट प्रस्ताव आए सोच्न सकिने निष्कर्षमा नेताहरू पुगेको बताइएको छ ।

बैठकमा सरकारमा तत्कालै जानुहुँदैन भन्नेहरूको बहुमत रहेको एक पोलिटब्युरो सदस्यले बताए । साँच्चै आवश्यकता महसुस गरेर सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभयो भने सोच्न बैठकले निष्कर्ष निकालेको छ ।

एकीकृत समाजवादीले शनिबार र आइतबार स्थायी कमिटी सदस्यसँग छलफल गरेको थियो । स्थायी कमिटीका केही सदस्यले सरकारमा जानुपर्ने बताएपनि अधिकांशले सरकारबाट औपचारिक प्रस्ताव नआएर सरकारमा जानेबारे छलफल नै गर्न नहुने बताएका थिए । न्युज कारखाना