२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

दुर्गा आमा समूहद्वारा पशुपति कलेजमा अक्षयकोष स्थापना

मंगलवार , पौष १९, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, १९ पुस ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ स्थित दुर्गा आमा समूहले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । समूहले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न गर्दै आएको छ ।

    सोमबार पशुपति कलेजमा पनि गरीब तथा जेहेन्दार छात्रवृत्ति स्थापनाका लागि ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । आमा समूहकी अध्यक्ष राधा कुमारी कोइरालाले कलेज व्यवस्थापन समितिलाई चेकमार्फत उक्त रकम हस्तान्तरण गरेकी हुन् ।

    अक्षयकोष रकम हस्तान्तरण कार्यक्रममा कलेज संचालक समितिका अध्यक्ष तामबहादुर राना, उपाध्यक्ष लिलाबल्भव गैरे, सदस्यहरु भिमलाल बस्याल, रामप्रसाद बस्याल, प्राध्यापक संघ सभापति चेतराम पराजुली, सहायक क्याम्पस प्रमुख जित बहादुर रास्कोटी तथा आमा समूहबाट उपाध्यक्ष भवानी लगायत पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा उपाध्यक्ष भवानी रानाले अक्षयकोष स्थापनाको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् । कलेज संचालक समितिका अध्यक्ष ताम बहादुर रानाले कलेजको शैक्षिक विकासको महान यात्रामा अक्षयकोष स्थापना गरी उदाहरणीय र प्रशंसनीय कार्य भएको बताए ।