२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

द्वन्द्व पीडितको उचित व्यवस्थापन गर्न माग

मंगलवार , पौष १९, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • बुटवल, १९ पुस ।
    संक्रमणकालिन समयमा द्वन्द्व पीडितहरुलाई उचित व्यवस्थापन गर्न सरोकारवालाले माग गरेका छन् । उनीहरूले द्वन्द्वको कारणले धेरै परिवारको जनजीवन अस्तव्यस्त भएको बताउँदै सत्यतथ्य जाँच एव परिवारहरुलाई रोजगारीको व्यवस्थापन गर्नुपर्ने माग गरेका हुन् । 

    बुटवलमा आयोजित नेपालको संक्रमणकालिन न्यायमा मेलमिलापको राष्ट्रिय खाकासम्बन्धि बैठकमा बोल्ने वक्ताहरुले द्वन्द पीडितहरुलाई न्याय प्रदान गर्नुपर्ने बताएका हुन् ।

    घटनाको सत्यतथ्य जाँच, परिवारलाई उचित रोजगारीको अवसर लगायतका कुराहरुलाई जोडदार माग गर्नुपर्ने उनीहरुले बताए ।

    कार्यक्रममा मानव अधिकारको लागि महिला, एकल महिला समूह लुम्बिनी प्रदेश अध्यक्ष जानुका घिमिरे, रुपन्देही अध्यक्ष राधिका श्रेष्ठ, कानून व्यवसायी इन्दिरा आचार्य, नेपाल फोरम फर रिस्टोरेटिभका कार्यक्रम संयोजक शुभनारायण यादव, कार्यक्रम अधिकृत सालिनी धिताल लगायतले बोलेका थिए ।

    नेपाल फोरम फर रिस्टोरेटिभको आयोजना तथा निष्पक्ष द्वन्द्व पीडित समूहको समन्वयमा मंगलबार बुटवलमा आयोजित बैठकमा बुटवल र सैनामैनाका द्वन्द्व पीडितहरुको सहभागीता रहेको मानव अधिकारको लागि महिला, एकल महिला समूह रुपन्देही सचिव रिता सेनले जानकारी दिइन् ।

    कार्यक्रममा नेपालको संक्रमणकालिन न्यायमा पुनस्र्थापकीय न्याय र मेलमिलापको विषयमा नेपाल फोरम फर रिस्टोरेटिभका संस्था अध्यक्ष राम तिवारीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा न्यायको क्षेत्रमा भएका कार्यहरुको बारेमा बताएका थिए ।