२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

कान्दु वैश्य युवा समितिद्वारा वृक्षारोपण तथा ब्याडमिन्टन कोर्ट शुभारम्भ

बुधवार , पौष २०, २०७९

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, २० पुस । 
    कान्दु वैश्य युवा समिति, रुपन्देहीले सिद्धार्थनगर नगरपालिका–६ स्थित कान्दु वैश्य धर्मशाला क्षेत्रमा मंगलबार पुष्प वृक्षारोपण तथा ब्याडमिन्ट कोर्ट शुभारम्भ गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयले वातावरण संरक्षणका लागि वृक्षारोपण गर्न आवश्यक रहेको बताए ।  उनले सो अवसरमा कान्दु वैश्य सेवा समितिको विकासका लागि प्रदेश सरकारबाट बजेट छुट्याउने प्रतिव्द्धता व्यक्त गरे ।

    WhatsApp Image 2023-01-04 at 2.44.10 PM (1).jpeg

    त्यस्तै कान्दु वैश्य सेवा समिति लुम्बिनी प्रदेशका संयोजक आनन्द प्रसाद गुप्ताले कान्दु वैश्य युवा सेवा समितिको नयाँ नेतृत्वको कार्यकाल राम्रो कामबाट शुभारम्भ भएको बताए । 

    कान्दु वैश्य सेवा समिति, रूपन्देहीका निवर्तमान अध्यक्ष श्रीराम गुप्ताले युवा समितिले उदाहरणीय कार्य गरेको बताए ।

    कान्दु वैश्य युवा सेवा समिति रुपन्देहीका अध्यक्ष मनोज कान्दुको अध्यक्षतामा भएको कार्यक्रममा कान्दु वैश्य सेवा समिति, रुपन्देहीका अध्यक्ष मदनलाल कान्दु, कान्दु वैश्य युवा सेवा समितिका पूर्वअध्यक्ष गौतम गुप्ता, श्री राम जानकी हनुमान मन्दिर सेवा समिति सिद्धार्थनगर–४ का अध्यक्ष नरेन्द्र प्रसाद रौनियार, युवा समितिका सल्लाहकार दिलिप कान्दु लगायतले बोलेका थिए ।

    fb9bada8-bc05-4653-97f9-b331fda258de.jpeg

    कान्दु वैश्य युवा सेवा समिति रुपन्देहीका महासचिव दुर्गा प्रसाद कान्दुको सञ्चालनमा भएको कार्यक्रममा कान्दु वैश्य सेवा समिति रूपन्देहीका महासचिव गौतम गुप्ता, सचिव विशाल गुप्ता, कोषाध्यक्ष मनोज बनिया, सदस्य शिव शंकर कान्दु, शिव कुमार कान्दु लगायतको उपस्थिति रहेको थियो ।

    पुष्प वृक्षरोपण कार्यक्रम मनोज बनिया र ब्याडमिन्टन कोर्ट निर्माण शुभारम्भ कार्यक्रम अजय बनियाको संयोजकत्वमा भएको थियो ।