बिहिवार , पौष २१, २०७९
भैरहवा, २१ पुस ।
सिद्धार्थनगर नगरपालिकाले पशु चौपाय व्यवस्थापन गर्ने नाममा राष्ट्रिय जनावर तथा हिन्दूहरुको आस्थाका प्रतिक गाईलाई अमानवीय ढंगले जिउँदै रगताम्य हुने गरी लगेकोप्रीत आफ्नो गम्भिर ध्यानाकर्षण भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले जनाएको छ ।
बिहीबार राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिपकुमार उदयले विज्ञप्ती जारी गर्दै यस्तो अमानवीय कार्यले हाम्रो आस्था माथि गम्भिर चोट पुगेको बताएका छन् । उनले भने, ‘तत्काल यस्तो कार्य गर्ने व्यक्तिलाई कानूनको दायरामा ल्याइ कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्दछौं ।’
यस्तो सामाजिक तथा धार्मिक आस्थामाथि खेलवाड गर्ने कार्यलाई गम्भिरतापूर्वक नलिएमा त्यसबाट आउन सक्ने अवस्थाको जवाफदेही सम्बन्धित निकाय तथा स्थानीय प्रशासन हुने राप्रपाले विज्ञप्तीमार्फत चेतावनी दिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij