२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

निःशुल्क ब्लाङकेट वितरण 

शनिवार , पौष २३, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, २३ पुस ।
    जाडो बढेपछि विपन्न नागरिकलाई लक्षित गर्दै भैरहवामा निःशुल्क ब्लाङकेट वितरण गरिएको छ । श्री सन्जय साई सेवा समूह भैरहवा, रुपन्देही र श्री सन्जय साई सेवा अर्गनाईजेसन काठमाडौं, नेपालले बिहीबार सिद्धार्थनगर–२ का २९ घरपरिवारलाई ब्लाङकेट (कम्मल) वितरण गरिएको कार्यक्रम संयोजक कुमार केसीले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि भीम अस्पताल विकास समिति, भैरहवाका अध्यक्ष नारायण प्रसाद भण्डारीले आगामी दिनमा श्री सन्जय साई सेवा समूहसँग मिलेर अघि बढ्ने चाहना रहेको बताए । 

    श्री सन्जय साई सेवा समूह भैरहवा, रुपन्देहीका अध्यक्ष राजेन्द्र थापाको अध्यक्षता तथा कार्यक्रम संयोजक कुमार केसीको सञ्चालनमा भएको कार्यक्रममा समाजसेवी सन्दिप अग्रवाल, मिलन बस्नेत, श्रीराम गुप्ता, पवित्रा पछाई लगायतले बोलेका थिए । यसअघि संस्थाले बुधबार ५५ घरपरिवारलाई निःशुल्क ब्लाङकेट वितरण गरेको थियो ।