
आइतवार , पौष २४, २०७९
बुटवल, २४ पुस ।
लायन्सका जन्मदाता लायन मेल्भिन जोन्सको १४४ औं जन्मोत्सव सप्ताहमा लायन्स क्लब अफ बुटवल खस्यौलीले न्यानो माया कार्यक्रम गरेको छ । सियारी गाउपालिका वडा नम्बर ५ मा रहेका बिपन्न तथा फरक क्षमता भएका परिवारलाई क्लबले जाडोका कपडा वितरण गरी दिवस मनाएको हो । क्लबका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक विष्णु उपाध्यायले पालिकाका ३० घरपरिवारलाई पी फर्म, कम्बल, टोपी, मफलर वितरण गरिएको बताए । समुदायलाई सामाजिक कार्यमा सहकार्य गर्ने गरी थोरै थोरै सहयोग जुटाएर कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रममा पूर्वगर्भनर एमजीएफ महेन्द्र नारायण श्रेष्ठ, सियारी–५ का वडाअध्यक्ष धनपति खरेल, डिपुटी चिफ एमजीएफ मुक्ति प्रसाद श्रेष्ठ, एरिया चिफ एमजीएफ माधव खनाल, जोन चियरपर्सन दीपक श्रेष्ठले सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा क्लबका अध्यक्ष कमल देवकोटाले सो कार्यमा सहयोग गर्ने योङ स्टाइल स्टोर काठमाण्डौ, एचआरएम स्टोर्स काठ्माण्डौ, मनकामना फेन्सी देवीनगरका अनिश श्रेष्ठ, फोर सिजन सुजका सनम थापा, जे एस स्टोर्सका सन्तोष थापा र जीवन राना, अमन गुरुङ, सुरेन गहतराज, हिमाल थापालाई विशेष धन्यबाद दिदै आगामी दिनहरुमा समेत सहकार्य गर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij