२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

लियो होलिसिटी भैरहवाद्वारा कम्बल वितरण

आइतवार , पौष २४, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २४ पुस ।
    लियो क्लब अफ होलिसिटी भैरहवाले कम्बल वितरण गरेको छ । शनिबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा २० थान कम्बल वितरण गरिएको क्लबका अध्यक्ष ओजश शर्माले बताए । जाडो बढेपछि आश्रममा रहेका वृद्धवृद्धाहरुलाई मध्यनजर गर्दै कम्मल वितरण गरिएको शर्माले जानकारी दिए । वृद्धाआश्रममा २० थान कम्बल वितरण गरिएको कार्यक्रम संयोजक अनमोल धितालले बताए ।

    323528357_1642542476178699_3186043297597686882_n.jpg

    लियो क्लब अफ होलिसिटी भैरहवाका अध्यक्ष ओजश शर्माको अध्यक्षता, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी)का को–चिफ एडभाइजर ओम कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, श्री सत्य साई वृद्ध सेवा आश्रमकी अध्यक्ष माया खरेलको विशिष्ट आतिथ्यता, कार्यक्रम संयोजक अनमोल धितालको स्वागत तथा निर्भिक ढुंगानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।