२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

यु.सि.एम.यस भैरहवाको २४औं वार्षिक साधारणसभा सम्पन्न

सोमवार , पौष २५, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा । युनिभर्सल ईन्स्च्यिुट अफ एडभान्स स्टडीज एण्ड रिसर्च सेन्टर प्रा.लि.  (यु.सि.एम.यस) शिक्षण अस्पताल भैरहवाको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

    २०५४ साल भैरहवामा स्थापना भई स्वास्थ्य सेवामा नीजी क्षेत्रवाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेजले सर्वसुलभ तथा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । 

    नेपालको पहिलो मेडिकल कलेजको रुपमा रहेको युसिएमयसले अन्तराष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादनका साथै सर्वसुलभ तथा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । 

    यु.सि.एम.यसका अध्यक्ष रमेश शर्माको सभापतित्वमा भएको साधारण सभामा संस्थाका प्रबन्ध निर्देशक खुमा प्रसाद अर्यालले विभिन्न प्रस्तावहरु प्रस्तुत गरेका थिए । 

    सभामा निर्देशकहरु लोकहर्ष शाक्य, भेषराज अर्याल, परिक्षित खेम्का, कम्पनी सचिव राजु बस्नेत क्षेत्री लगायतले आफ्ना धारणाहरु राखेका थिए । 

    यु.सि.एम.यसका शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस, प्राचार्य प्रा.डा. हेमन्त हलुवाई, मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. साधन मुखी, प्रमुख प्रशासकिय अधिकृत कमलराज ढकाल, जनरल म्यानेजर सन्तोष कुमार वि.एन., वित्त नियन्त्रक सुरज पौडेल लगायतको उपस्थिति रहेको थियो ।