२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

अर्घाखाँचीमा कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

मंगलवार , पौष २६, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • अर्घाखाँची, २६ पुस ।

    अर्घाखाँचीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने लक्ष्यका साथ अर्घाखाँचीमा कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । अर्घाखाँचीमा क्रियाशिल व्यवसायिक संस्थाहरु अर्घाखाँची चेम्वर अफ कमर्स र अर्घाखाँची उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुने लागेको जनाइएको छ ।

    महोत्सवको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक प्रदिप मिश्रले अर्घाखाँचीलाई संसारभर चिनाउनका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

    'नेपालमा पहिलो पटक चेम्वर अफ कमर्स र उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव आयोजना गरेका छौं मिश्रले भने, यो मेलाबाट हामी अर्घाखाँचीलाई संसारभर चिनाउने लक्ष्य राखेका छौं ।'

    मेलामा स्थानीय व्यवसायी तथा उद्यमीहरुको लागि विशेष स्टलको व्यवस्थापन गरिएको मुल आयोजक समितिका सदस्य समेत रहेका अर्घाखाँची चेम्वर अफ कमर्सका प्रवक्ता हरिप्रसाद भुसालले जानकारी दिए ।

    यही माघ ११ गतेदेखी २४ गतेदेखी सदरमुकाम सन्धिखर्कमा हुने महोत्सवको तयारी शुरु भएको समेत आयोजकले जानकारी दिएको छ । न्यज कारखाना