२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरीले दाबी पेश गर्दै

मंगलवार , पौष २६, २०७९

दाङ, २६ पुस । नेकपा एमालेका लिला गिरी आज लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्  । 

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीलाई आजैै मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रदेश प्रमुख अमिक शेरचनको   तयारी छ ।

प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए ।  संसदीय दलका नेता गिरीले ५५ जना सांसदको समर्थनमा दाबी पेश गर्न लागेका हुन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तिमा ४४ सांसदको समर्थन चाहिन्छ ।