२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

स्व. कमलापति गंगादेवी पन्थ स्मृति प्रतिष्ठानको अध्यक्षमा कलाधर

बिहिवार , पौष ९, २०७७

भैरहवा, ९ पुस ।
स्व. कमलापति गंगादेवी पन्थ स्मृति प्रतिष्ठानको अध्यक्षमा कलाधर पन्थ निर्विरोध निर्वाचित भएका छन् । बिहीबार भैरहवामा आयोजित प्रतिष्ठानको तेस्रो वार्षिकोत्सव तथा प्रथम अधिवेशनले पन्थलाई अध्यक्ष पदमा निविरोध निर्वाचित गरेको निर्वाचन संयोजक अधिवक्ता लोकनाथ पन्थले जानकारी दिए । 

प्रतिष्ठानको सह–अध्यक्षमा भिमराज अधिकारी, उपाध्यक्षमा गंगा पन्थ, महासचिवमा गोविन्दराज अधिकारी, कोषाध्यक्षमा राज कुमार पोख्रेल र सह–कोषाध्यक्षमा रमा पन्थ भुसाल चयन भएका छन् । त्यस्तै प्रतिष्ठानको सदस्यमा बालकृष्ण पन्थ, चन्द्रकान्त अधिकारी, शान्ति अधिकारी, डा. अनिल पोख्रेल, कृष्ण पन्थ, गोमा गैरे र मनिष भुषाललाई चयन गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष चुरामणि पन्थको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले प्रतिष्ठानले समाजिक सेवामा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए । समाजमा रहेका दीनदुःखीलाई सहयोग गर्नुपर्छ भन्ने भावना अभिप्रेरित गर्न यस संस्थाले सबैलाई पाठ सिकाएको उल्लेख गर्दै नगरप्रमुख अधिकारीले प्रतिष्ठानको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।

सो अवसरमा  शुभकामना मन्तव्य राख्दै लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष सम्झना शर्माले स्व. कमलापति गंगादेवी स्मृति प्रतिष्ठान असाहयहरुको लागि वरदान सावित भएको बताइन् ।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रेस क्लबका सचिव शंकर पाण्डे लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

प्रतिष्ठानले दुःखमा परेका गरीब, दुःखी, आर्थिक विपन्नता भएका व्यक्तिहरुलाई सहयोग गर्न पाउदा निकै आत्मसन्तुष्टी मिलेको धारणा राखे । प्रतिष्ठानले सामाजिक कामलाई निरन्तरता दिने समेत प्रतिवद्धता व्यक्त गरे । गोविन्दराज अधिकारीको संचालन, भिमराज अधिकारीको स्वागतमा सम्पन्न भएको कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष राज कुमार पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रतिष्ठानले विभिन्न विद्यालयलाई सहयोग हस्तान्तरण, विपन्नताका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्थामा पुगेका तमाम व्यक्तिहरुलाई आर्थिक सहयोग, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री हस्तान्तरण लगायतका कार्यक्रमहरु सम्पन्न गरेको कोषाध्यक्ष पोख्रेलले जानकारी दिए ।