images

बिहिवार, बैशाख १३ गते २०८१

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त 

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त 

images
images
images
बुधवार, पौष २७ २०७९
बुधवार, पौष २७ २०७९
  • जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त 

    जुम्ला, २७ पुस । सिंजा गाउँपालिका–६ का  किसान दलबहादुर रोकाया स्याउका बगैँचा ब्यवस्थापनमा व्यस्त छन् । उनी बोटको काँटछाँट गरेको खण्डमा स्याउबाट राम्रो आम्दानी हुने बताउँछन् ।

    images

    जुम्लाका स्याउ किसानका लागि बाँझो जग्गामा समेत नयाँ बिरूवा लगाउने समय सुरु हुन लागेको छ । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ।

    सिंजा गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर बुढाले बगैंचा व्यवस्थापन कार्यका साथै खेर गएका र बाँझो जग्गामा समेत नयाँ बिरूवा लगाउने समय समेत सुरू भइरहेको बताए  । जुम्लाका ८ वटै स्थानीय तहका स्याउ किसान यतिखेर खेतबारीको स्याउ बगैंचामा स्याउ कटिङमा लागि परेको स्थानीय तहका कृषि शाखाहरुले जनाएको छ  ।

    धेरैजसो किसानलाई प्राविधिक ज्ञान नहुँदा बगैंचा काँटछाँट तथा व्यवस्थापन राम्रोसँग नगरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई जुम्लाका निमित्त कार्यालय प्रमुख खेमराज शाहीले बताए ।  

    स्याउलाई गुणस्तरीय बनाउनका लागि कृषि विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैंचामै पुगेर स्याउ बगैंचा काटँछाँटदेखि स्याउ व्यवस्थापन गरिने उनले जानकारी दिए । 

    बिरूवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन् । खाडल खन्दा एउटादेखि अर्काे स्याउको बिरूवासम्म ६ मिटरको दूरी आवश्यक हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए ।

    खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरूवा लगाउन उपयुक्त हुने बताए । 

    दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिंचाइ गर्ने काममा कृषक जुटेका हुन्।
    कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा ६ हजार १७० मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७७/७८ मा ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएको छ। न्युज कारखाना 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij