२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

लायन्स क्रियटिभ लेडिद्वारा मधुमेह परिक्षण 

बुधवार , पौष २७, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा । लायन्स क्लव अफ लुम्बिनी क्रियटिभि लेडि रुपन्देहीको आयोजनामा निशुल्क मधुमेह कार्यक्रम सम्पन्न भएको छ । 

    भैरहवाको सिद्धार्थनगर नगरपालिका बडा नम्बर ११ भुजौलीमा भएको कार्यक्रममा त्यस क्षेत्रका एक सय ३५ जनाले मधुमेह जाँच गराएको सस्थाकी अध्यक्ष सबिता तुलाधरले जानकारी दिईन । 

    लाईन्स ईन्टरनेश्नल ३२५ पी का यरिया चिफ संगम न्यौपानेको प्रमुख आथित्यता, प्रतिमा तिमिल्सीनाको संयोजन तथा मनिषा पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा यरिया जोन चियन राजन थापा, लायन्स होलिसिटिका अध्यक्ष मंगल भण्डारी, सिनपा वडा नम्बर ११ का अध्यक्ष दीलिप कुमार यादव लगाएतले बोल्दै क्वललाई थप सामाजिक कार्यक्रममा अग्रसर गराउनु पर्नेमा जोड दिए । 

    324777453_2604275893043724_2133173558427187172_n.jpg

    लायन्स क्लव ईन्टरनेश्नलका सस्थापक मेल्भिन जोन्सको जन्मजयन्तीको अबसरमा आयोजित मेल्भिन जोन्स सर्भिस विकको समापन कार्यक्रममा अबसरमा आयोजना गरिएको मधुमेह परिक्षण कार्यक्रममा युसिएमएस शिक्षण अस्पताल भैरहवाका डा. ईन्द्रनाथ चौधरी सहित उनको टिमले परिक्षण गराएको पुर्व अध्यक्ष देवि न्यौपानेले जानकारी दिईन । 

    बिरामीहरुलाइ आबश्यक औषधी समेत प्रदान गरिएको थियो । सोहि अबसरमा भैरहवा स्थित सिद्धार्थ वाल गृहलाई खाद्यन्न बितरण गरिएको थियो ।