२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

बुटवलमा ‘लुम्बिनी युनाइटेड नेशन सिमुलेशन’ कार्यक्रम हुँदै

शनिवार , पौष ३०, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • रुपन्देही, ३० पुस । युनाइटेड नेशन अन्तर्गत युथ थिंकर्स सोसाइटी नामक गैरसरकारी संस्थाले बुटवलमा एभरेस्ट ईन्टरनेशनल मोडेल युनाइटेड नेशन्ज कार्यक्रम गर्ने भएको छ ।

    योथ थिन्कर्स सोसाईटिले अमेरिकी राजदुताबास सँग मिलेर सातै प्रदेशमा गरेको कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरु राखेर विद्यार्थीहरुलाई वादविवाद, अनुसन्धान, सार्वजनिक भाषण, साँस्कृतिक आदानप्रदान, अन्तर्राष्ट्रिय सम्बन्ध, पर्यटन, आन्तरिक बजार प्रबद्र्धन जस्ता सीप उत्कृष्ट ढंगले सिकाउने सामग्री तयार गरिएको सोसाइटीले जनाएको छ ।

    विगतमा धेरै भन्दा धेरै युवाहरुलाई प्रोत्साहित गरेको यो क्रार्यक्रमले अब लुम्बिनी प्रदेशका युवाहरुलाई लक्षित गरेको लुम्बिनी प्रदेशका लागि संयोजन गरिरहेका बरुण ज्ञवालीले बताए ।

    उनले अन्य प्रदेशमा कार्यक्रम जारी रहेको जानकारी दिए । कार्यक्रमबाट युवा तथा विद्यार्थीहरुलाई भविष्यमा धेरै अवसरहरु प्राप्त हुने भएकाले विद्यार्थीहरु एकदमै लाभान्वित हुने एआइएमयुएनका प्रोग्राम अफिसर सपना भण्डारीले बताइन् । सो कार्यक्रममा सहभागी हुनको लागि तलको फर्म भर्न साथै तलको सम्पर्क नं मा सम्पर्क गर्न सक्नुहुने छ ।