२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

यती एयरलाइन्स दुर्घटना  : ३० जनाको शव निकालियो 

आइतवार , माघ १, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा । पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजबाट हालसम्म ३० जनाको शव निकालिएको छ । 

    आइतबार बिहान पोखरा सेती नदीको खोंचमो खसेको बिमानमा दुर्घटनामा परेका यात्रुको उद्धार कार्य जारी रहेको छ । 

    कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार खोंचमा खसेको जहाजबाट  ३० जनाको शव निकालिएको छ।

    काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ याक्र गरी ७२ जना सवार थिए । 
    जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जिवित भेटिने सम्भावना नरहेको उनले बताए ।

    बिहान पौने १२ बजेसम्म जहाजमा लागेको आगो निभाउन सकिएको छैन । उद्धार कार्य जारी रहेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए ।