२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

पोखरा विमान दुर्घटना : पूर्वमन्त्री बोहराद्वारा दुःख व्यक्त

आइतवार , माघ १, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, १ माघ । 
    प्रतिनिधि सभा सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनाको खबरले आफूलाई अत्यन्तै दुखित एवं स्तब्ध बनाएको बताएका छन् ।

    नेता बोहराले घटनामा ज्यान गुमाउने यात्रुप्रति श्रञ्द्धाञ्जली तथा शोकाकुल परिवारजनमा समेवदना प्रकट गरेका छन् । उनले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । आगामी दिनमा यस्ता दुःखद घटना नदोहोरीनका लागि सम्बन्धित निकायलाई गम्भीरतापूर्वक सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

    आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा दुर्घटना भएको थियो । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।