२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

बिमान दुर्घटनाका ६४ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा

आइतवार , माघ १, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • पोखरा, १ माघ । आइतबार बिहान भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ । 

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीका अनुसार एक बच्चासहित ६४ जनाको शव अस्पतालमा रहेका छन । जस मध्ये पाँचको सनाखत भएको छ भने शव नचिनिने अवस्थामा रहेकाले पहिचान गर्न कठिनाई भईरहेको उनले जानकारी दिए । 

    अस्पताल परिसरमा मृतकका आफान्त र नातेदारहरुको भीड लागेको छ । 

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार  निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ ।