
शुक्रवार , पौष १०, २०७७
दाङ, १० पुस ।
शनिबारदेखि दाङको लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा लमहीको अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको हो ।
यो प्रतियोगीतामा एउटा एपिएफको विभागीय टिमसहित ७ प्रदेश गरी ८ ओटा टिमले भाग लिनेछन् । क्रिकेट प्रतियोगिताको सबै तयारी पुरा भएको नेपाल क्रिकेट संघ क्यानका लुम्बिनी प्रदेश अध्यक्ष दुर्गा बहादुर थापाले जानकारी दिए । ‘प्रतियोगिताको सबै तयारी पुरा भएको छ । विहान ९ बजेबाट खेल सुरु हुनेछ’थापाले भने,–‘पुस १९ गते सम्म प्रतियोगिता चल्नेछ ।’ शनिबार विहान प्रतियोगिताको उद्घाटन गरिनेछ । लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले उद्घाटन गर्ने कार्यक्रम राखिएको छ ।
प्रतियोगितामा भाग लिने चार वटा टिमका खेलाडीहरु लमही आइपुगेका छन् । बाँकी खेलाडी आउने क्रममा छन् । कोरोना भाइरस संक्रमका कारण ७–८ महिना प्रभावित भएको क्रिकेट प्रतियोगिता पुनः सुरु हुदा खेलाडीहरु उत्साहित भएका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै प्रतियोगीता आयोजना गरिएको छ ।
खेल तालिका यस्तो छ ?
आठ वटा टिमलाई दुई समुहमा विभागन गरिएको छ । ‘ए’ समुहमा एपिएफ, प्रदेश नम्बर २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छ ।
‘बी’ समुहमा सुदुरपश्चिम प्रदेश, बागमती, गण्डकी र प्रदेश नम्बर १ छ । दैनिक दुई वटा प्रतियोगीता हुनेछन् । शनिबार पहिलो खेल बिहान ९ बजेबाट हुनेछ ।
लुम्बिनी प्रदेश र प्रदेश २ का बीचमा बिहान खेल हुनेछ । दिउँसो १ बजेबाट एपिएफ र कर्णाली प्रदेशकबीचमा खेल हुनेछ । १२ गते आइतबार बिहानको खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको बीचमा हुनेछ । दिउँसोको खेल एपिएफ र प्रदेश २ बीच हुनेछ । १३ गते प्रदेश २ र कर्णाली प्रदेशको बीचमा खेल हुनेछ । दिउँसोको खेल एपिएफ र लुम्बिनी प्रदेशकोबीच खेल हुनेछ ।
१४ गते सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशको बीचमा खेल हुनेछ । दिउँसोको बागमती प्रदेश र प्रदेश १ का बीचमा खेल हुनेछ ।
१५ गते सुदुरपश्चिम प्रदेश र प्रदेश १ को बीचमा, दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशको बीचमा खेल हुनेछ । १६ गते विहानको खेल सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशकोबीचमा, दिउँसो गण्डकी प्रदेश र प्रदेश १ को बीचमा खेल हुनेछ ।
पुस १७ गते सेमिफाईनल खेल हुनेछ । बिहान ए गु्रपको विजेता र बी गुप्रको रनर अफको बीचमा हुनेछ । दिउँसोको सेमिफाइनल खेल विजेता गु्रप बी र रनर अफ गु्रप ए का बीचमा हुनेछ । यी दुवै खेलबाट विजेता हुने टिम फाइनलका लागी पुस १९ गते आपसमा भिड्नेछन् ।
शनिबारबाट हुने क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टस टिभिबाट गरिने भएको छ । डिसहोम र क्यानबीच सम्झौता गरेर पुस ११ बाट १९ गतेसम्म हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij