२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

अर्घाखाँचीमा मनाइयो योग दिवस

आइतवार , माघ १, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • अर्घाखाँची, १ माघ ।

    आठौं राष्ट्रिय योग दिवस अर्घाखाँचीमा पनि मनाइएको छ । अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रले योग साधकका साथ योग दिवस मनाएको हो । 

    केन्द्रको हलमा दैनिक योग गर्ने योगसाधकहरूका बीचमा दिवस मनाइएको केन्द्रका निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्यले जानकारी दिए ।

    दिवस समारोहमा योग साधक तथा नेपाल टेलिकम अर्घाखाँचीका प्रमुख गोविन्द पराजुली, युवा व्यवसायी तथा राजनीतिज्ञ हरिप्रसाद भुसाल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष समेत रहेका योग साधक अशोक खनाललगायतको उपस्थिति रहेको थियो ।

    अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रले कार्यालयको हलमा दैनिक योग कक्षा संचालन गर्दै आएको छ । योग कक्षामा उत्साहजनक रुपमा योग कर्मी सहभागी हुने गरेका छन् । न्युज कारखाना