
शुक्रवार , पौष १०, २०७७
बुटवल, १० पुस ।
लायन्स क्लब अफ बुटवल, लायनेस क्लब अफ बुटवल र लियो क्लब अफ बुटवलको आयोजनामा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ५ विष्णुपुरामा निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ ।
बुटवल आँखा अस्पतालको सहयोगमा सञ्चालन गरिएको आँखा शिविरमा १ सय ३५ जनाको आँखा परिक्षण गरिएको लायन्स बुटवलका अध्यक्ष सञ्जय जयसवालले बताए । उक्त कार्यक्रममा लायन्स आँखा अस्पतालका सिनियर ओए इन्दिरा लाकौलको टिमले गरेको थियो । जसमध्ये ३१ जनाको आखाँको शल्यक्रिया लागि लागि सुझाव समेत दिइएको र उनीहरुको बुटवल लायन्स आखा अस्पतालमा निःशुल्क रुपमा आँँखाको शुल्यक्रिया हुने कार्यक्रम संयोजक पवन श्रेष्ठले बताए ।
शल्यक्रियाको लागि आफ्नै साधनमा घरदेखि ल्याई हस्पिटलसम्म ल्याएर उपचार गरिने उपचारपछि पनि घरसम्म लैजाने लायन्स क्लब अफ बुटवलका उपाध्यक्ष महेश प्रसाद श्रेष्ठले बताए । सुनगाभा साथी सञ्जालले व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij