images

शुक्रवार, बैशाख १४ गते २०८१

रोहिणीमा मंगलबारदेखि मेयर कप क्रिकेट प्रतियोगिता हुँदै

रोहिणीमा मंगलबारदेखि मेयर कप क्रिकेट प्रतियोगिता हुँदै

images
images
images
सोमवार, माघ २ २०७९
सोमवार, माघ २ २०७९
  • रोहिणीमा मंगलबारदेखि मेयर कप क्रिकेट प्रतियोगिता हुँदै
    सांकेतिक तस्विर

    भैरहवा, २ माघ ।
    रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित स्वामीनगर, धकधईमा मंगलबार (भोली) देखि मेयर कप-२०७९ (क्रिकेट प्रतियोगिता) हुने भएको छ । नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता हुने प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताए ।

    images

    माघ ३ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ७ वटै वडा र एउटा कर्मचारीको टीम गरी ८ वटा टीमको सहभागीता रहने कुर्मीले जानकारी दिए । प्रतियोगिताको विजेता टीमलाई रु. ६० हजार र उपविजेतालाई रु. ३० हजार प्रदान गरिने उनले बताए । 

    मंगलबार बिहान ११ बजे प्रतियोगिताको उद्घाटन हुने र उद्घाटन खेल रोहिणी–१ र रोहिणी–३ बीच हुने आयोजकले जनाएका छन् ।

    रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले खेलकुद क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए । उनले भने, ‘क्रिकेटप्रति युवाहरुको रुची बढ्दो छ, सोहीअनुसार गाउँपालिकाको सहयोगमा क्रिकेट प्रतियोगिता हुँदैछ । ’उनले यसअघि गाउँपालिकाले कुस्ती प्रतियोगिता समेत आयोजना गरिसकेको बताए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij