२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

ट्रक र स्कुटी एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु

शुक्रवार , पौष १०, २०७७

भैरहवा, १० पुस । 
रुपन्देहीमा ट्रक र स्कुटी एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । बिहीबार बुटवल उपमहानगरपालिका–१३ बेलबास चोकस्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको लु २ ख ८८९ नम्बरको ट्रक र विपरीत दिशातर्फ आउँदै गरेको लु २१ प ४३८९ नम्बरको स्कुटी ठोक्किदा स्कुटी चालकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले बताए । 

मृत्यु हुनेमा रुपन्देहीको रोहिणी गाउँपालिका–४ का ४० वर्षिय राधेश्याम मल्लाह, सोही स्थानका २५ वर्षिय दिनेश मल्लाह र १२ वर्षिय सानु मल्लाह रहेको थापाले जानकारी दिए ।

दुर्घटनापश्चात घाइते भएका तीनैजनाको उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकेपछि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएकोमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ट्रक र दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन् ।