२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा भैरहवामा दीप प्रज्वलन

बुधवार , माघ ४, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, ४ माघ ।
    विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा भैरहवामा दीप प्रज्वलन गरिएको छ । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो ।

    दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सिद्धार्थनगर नगरपालिका–६ स्थित पिपरहिया चोकमा दीप प्रज्वलन गरिएको राजु रौनियारले बताए । मृतकको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको उनले बताए ।

    325943905_709509613896498_2470368978085101021_n.jpg

    दीप प्रज्वलन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेय, सिद्धार्थनगर नगरपालिका–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, बुद्ध सामुदायिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्र प्रसाद रौनियार, राजेश चौधरी, मुस्ताक अहमद भाट, प्रेमसिंह चौधरी, सलिम अली लगायतको उपस्थिति रहेको थियो ।