२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा बुटवलमा दीप प्रज्वलन

बिहिवार , माघ ५, २०७९

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • रुपन्देही, ५ माघ ।
    विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा बुधबार बुटवलमा दीप प्रज्वलन गरिएको छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो ।

    लियो क्लब अफ भलवारी, लियो क्लब अफ बुटवल सेन्ट्रल, लियो क्लब अफ मेट्रोसिटी, लियो क्लब अफ बुटवल, लियो क्लब अफ देवदह, लियो क्लब अफ तिलोत्तमा भृकुटी टाउन, लियो क्लब अफ सिद्धबाबा र लियो क्लब अफ बुटवल मणि उजेशको आयोजनामा दीप प्रज्जवलन गरिएको कार्यक्रम संयोजक जीवन शर्माले बताए ।

    विमान दुर्घटनामा मृत्यु भएका यात्रु तथा चालकहरुको आत्माको चिरशान्तिको कामना गर्दै ८ वटा क्लबको संयुक्त आयोजनामा बुटवलस्थित ट्राफिकचोकमा दीप प्रज्वलन गरिएको लियो क्लब अफ भलवारीकी अध्यक्ष सुस्मा बस्यालले बताइन् । 

    322846740_1691195931274907_4958598408041242785_n.jpg

    लियो भलवारीकी अध्यक्ष सुष्मा बस्यालको अध्यक्षता, लियो जिल्ला परिषद चिफ श्रद्वा कुंवरको प्रमुख आतिथ्यता, एरिया १ का प्रमुख श्रीधर कुंवरको विशिष्ट आतिथ्यता, जिल्ला अध्यक्ष सल्लाहकार राजवीर जैसवाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।