२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

रोहिणीमा चुरा, माला बनाउने निःशुल्क तालिम

बिहिवार , माघ ५, २०७९

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, ५ माघ ।
    रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा चुरा, माला बनाउने एकमहिने निःशुल्क तालिम सम्पन्न भएको छ । श्री कृष्णा सामुदायिक विकास केन्द्र कोटहीमाई गाउँपालिका–१, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिका गाउँ कार्यपालिकाको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।

    पुस ४ गतेदेखि सुरु भएको तालिम बुधबार एक कार्यक्रमकाबीच समापन भएको कार्यक्रम संयोजक विजया खत्रीले बताइन् ।

    तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले सिकेका कुराहरुलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए ।

    रोहिणी गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती हरिजनको अध्यक्षतामा भएको कार्यक्रममा वीर फाउण्डेशन, नेपालकी अध्यक्ष विजया खत्री, सदस्य मनिषा कोहार, मनिषा हरिजन लगायतले बोलेका थिए । तालिममा प्रशिक्षकद्वय मनिषा कोहार र मनिषा हरिजनले सहजीकरण गरेका थिए । ३० जनाको सहभागीता रहेको तालिमको प्राविधिक सहयोग वीर फाउण्डेशन नेपालले गरेको थियो ।