२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

जापानको जनसंख्या निरन्तर घट्दो

शनिवार , माघ ७, २०७९

टोकियो। जापानको कुल जनसख्ंया सन् २०२२ मा ०.४३ प्रतिशतले घटेको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अस्थायी अनुमानित तथ्यांकअनुसार सन् २०२३ को जनवरी १ सम्ममा देशको कुल जनसंख्याको  १२ करोड ४७ लाख छ । जबकी एक बर्षअघि १२ करोड ५३ लाख थियो ।

तथ्यांकअनुसार १५ वर्षमुनिका बालबालिकाको औसत जनसंख्या १ एक करोड ४४ लाख छ, जुन जनसंख्याको ११.६ प्रतिशत हो । मन्त्रालयका अनुसार सन् २०२१ मा०.६ प्रतिशतले जनसंख्या घटेको थियो ।