images

शुक्रवार, चैत्र १६ गते २०८०

सिद्धार्थनगर नगरपालिकाद्वारा रेष्टुरेण्ट–डान्सबारमा अनुगमन

सिद्धार्थनगर नगरपालिकाद्वारा रेष्टुरेण्ट–डान्सबारमा अनुगमन

images
images
images
आइतवार, माघ ८ २०७९
आइतवार, माघ ८ २०७९
  • सिद्धार्थनगर नगरपालिकाद्वारा रेष्टुरेण्ट–डान्सबारमा अनुगमन

    भैरहवा, ८ माघ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर क्षेत्रमा रहेको रेष्टुरेण्ट, मसाज सेन्टर र डान्स बारमा अनुगमन गरेको छ । नगरवासीले नगरमा यौनजन्य क्रियाकलापले समस्या भएको गुनासो गरेपछि रेष्टुरेण्ट, मसाज सेन्टर र डान्सबारमा अनुगमन गरिएको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख तथा अनुगमन समिति संयोजक उमा अधिकारीले बताइन् ।

    images
    images
    images

    नगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय रुपन्देही र मानव बेचबिखनविरुद्ध लगायत क्षेत्रमा काम गर्ने शुभ अवसर ग्राम नेपालले संयुक्त रुपमा नगर क्षेत्रमा रहेको मनकामना रेष्टुरेण्ट, स्टार रेष्टुरेण्ट, रोयल स्पा प्यालेस, होटल लुम्बिनी गेष्ट एण्ड रेष्टुरेण्ट (डान्सबार) मा शनिवार राति अनुगमन गरेको थियो ।

    अनुगमनको क्रममा यौनजन्य गतिविधि नगरेको तर केही स्थानमा शंकाष्पद गतिविधि देखिएकोले व्यवसाय सञ्चालकलाई सचेत गराइएको उपप्रमुख अधिकारीले बताइन् ।

    ‘यौनजन्य क्रियाकलाप हुने गरेको भन्ने स्थानहरुमा सूचनाका आधारमा अनुगमन गरेका थियौँ’ उपप्रमुख अधिकारीले भनिन, ‘केही स्थानमा शंकाष्पद गतिविधि पाइएपछि व्यवसाय सञ्चालकलाई पहिलोपटकका लागि सचेत गराएका छौं ।’

    केही रेष्टुरेण्टमा शंकाष्पद अवस्थामा फेला परेका युवतीहरुले अनुगमन टोलीसँग यौनजन्य क्रियाकलापमा संंग्लन नभएको भन्दै अस्वीकार गरे पनि उनीहरुलाई काउन्सिलङ्ग (परामर्श) समेत गरिएको थियो ।

    अनुगमनका क्रममा व्यवसायिक प्रतिष्ठानमा मूल्यसूची नभएको, आगन्तुक दर्ता पुस्तिका नभएको, सरसफाईमा त्यति ध्यान नदिइएको, कर्मचारीको परिचयपत्र नभएको, व्यवसाय कर नविकरण नभएको, ड्रेस कोड नभएको लगायत कैफियत देखिएकोले पहिलोपटकका लागि सचेत गराइएको सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत तथा सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटाले बताए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij