images

शुक्रवार, बैशाख १४ गते २०८१

पाँचौं लाफा ब्याडमिन्टनको उपाधि आयोजकका विवेक र मनोजलाई 

पाँचौं लाफा ब्याडमिन्टनको उपाधि आयोजकका विवेक र मनोजलाई 

भेट्रान्सकाे उपाधि बुटबल ब्याडमिन्टन क्लबको पोल्टामा

images
images
images
आइतवार, माघ ८ २०७९
आइतवार, माघ ८ २०७९
  • पाँचौं लाफा ब्याडमिन्टनको उपाधि आयोजकका विवेक र मनोजलाई 

    बुटवल, ८ माघ ।                                         
    पाँचौ लाफा/प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजक लाफा समूहका विवेक न्यौपाने र मनोज फौदारले उचालेका छन् । आइतबार सम्पन्न मेन्स डबल बी लेबलको फाइनलमा आयोजकका न्यौपाने र फौदारको जोडीले गणेश रायमाझी र विधान गुरुङको जोडीलाई सोझो २–० को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएका छन् । 

    images

    उपाधिसँगै उनीहरूले नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने दोस्रो हुन सफल रायमाझी र गुरुङको जोडीले २५ हजार नगद प्राप्त गरे । त्यस्तै सेमीफाइनलमा पुग्न सफल विशाल खड्का र सुरज गुरुङ, विनोद पौडेल र सरल थापाको जोडीले १५ हजार प्राप्त गरे भने क्वाटरफाइनलमा पुग्न सफल खेलाडीहरूलाई पनि नगद १० हजार प्रदान् गरिएको थियो । 

    यस्तै, भेट्रान्स मेन्स डबल प्रतियोगितातर्फको उपाधि भने बुटवल ब्याडमिन्टन क्लबका खेलाडीहरुले जित्न सफल भएका छन् । बुटवल ब्याडिन्टन क्लबका खेलाडी महेश्वर नेपाल र अशोक कुमार भुषालको जोडीले तनहुँका कमल राना र खुम गुरुङको जोडीलाई सोझो २–० को सेटमा पराजित गर्दै भेट्रान्सको उपाधी आफ्नो पोल्टामा पारेका हुन् । उनीहरुले नगद २५ हजार शिल्ड मेडल प्राप्त गरे भने उपविजेता तनहुँका खेलाडीहरुले नगद १५ हजार ५ सयमा चित्त बुझाए । 

    यस्तै भेट्रान्सतर्फ सेमीफाइनलमा पुग्न सफल बसन्त र महेश बज्राचार्यको जोडी र मन बहादुर थापा र खगेन्द्र नेपालीको जोडीले समान १० हजार ५ सय प्राप्त गरे ।

    प्रतियोगितामा घोराहीका हिमांशु कुंवर उत्कृत्ट खेलाडी चुनिए भने उदयमान खेलाडीको उपाधि दानिस कुरेसिलाइ प्रदान् गरिएको थियो । बुटवल उपमहानगरपलिकाको मुख्य प्रायोजन र लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्को सह–प्रयोजनमा सम्पन्न प्रतियोगितामा भेट्रान् तर्फ ३२ टीम र खुल्ला मेन्स डबलतर्फ ६४ टीमको सहभागिता रहेको थियो । 

    कार्यक्रममा विजयी खेलाडीहरूलाई प्रदेश खेलकुद बिकास परिषद् लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराई, वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनी, प्रदीप श्रेष्ठ, क्लबका अध्यक्ष बबिन थापा, संस्थापक अध्यक्ष तारासिंह रेश्मी मगर, संरक्षक वासुदेव लामिछाने लगायतले पुरस्कार वितरण गरेका थिए । 

    कुल १० लाख खर्चको अनुमान गरिएको प्रतियोगितामा विभिन्न देश तथा विदेशबाट सहयोग गर्ने सहयोगी दाताहरूलाई पनि सम्मान गरिएको प्रतियोगिताका संयोजक ज्ञानु सारुले जानकारी दिए ।

    समापन कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथिहरुले लाफा क्लवले खेलकुदसँगै सामाजिक र साँस्कृतिक कार्यक्रमलाई पनि प्राथमिकता दिएकोमा क्लबको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन लाफा समूहका सचिव टिप रानाले गरेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij