२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

खाद्यान्न, खेलकुद सामग्री हस्तान्तरण तथा एकदिने खाना सौजन्य

सोमवार , माघ ९, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, ९ माघ ।
    मारवाडी युवा मञ्च, भैरहवाले तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरस्थित श्री दुर्गा वेद वेदाङ्ग विद्यापीठलाई खाद्यान्न, खेलकुद सामाग्री हस्तान्तरण तथा एकदिने दिवा खाजा सौजन्य गरेको छ ।

    मारवाडी सेवा संघ र मारवाडी महिला मंच भैरहवाको सहयोगमा विद्यापीठमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत १ सय जनालाई निःशुल्क आवास भोजनको व्यवस्था गरिएको कार्यक्रम संयोजक सुशिल सिंघलले बताए । 

    कार्यक्रममा मारवाडी सेवा संघ भैरहवाका अध्यक्ष हेमन्त कुमार अग्रवाल, मारवाडी महिला मंचकी अमित अग्रवाल, विद्यापीठ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि पौडेल लगायतको उपस्थिति रहेको मारवाडी युवा मंच भैरहवाका अध्यक्ष विनित बेरिवालले बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बेरिवालले बताए । कार्यक्रमको संयोजकत्व सुनिल सेठिया, अंकित महेश्वरी र सुशिल सिंघलले गरेका थिए ।

    WhatsApp Image 2023-01-21 at 9.30.35 PM.jpeg