२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रोटरी क्लबको बैठकमा बिजनेश एजेण्डामा छलफल

शनिवार , पौष ११, २०७७

बुटवल, ११ पुस । 
रोटरी क्लब अफ बुटवलको १३४४ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लवका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा बिजनेश एजेण्डामा छलफल भएको थियो ।

शनिबारको बैठकमा रोटरीको अघिल्लो बोर्ड बैठकले गरेका निर्णयहरुबारे जानकारी गराइएको थियो । क्लबका सचिव रोम शर्माले बोर्ड बैठकका निर्णयबारे जानकारी गराउँदै रोटरी वर्ष २०२१/२२ का लागि प्रेसिडेन्ट काउन्सीलको चेअरमा रोमप्रसाद खरेल र क्लबको प्रेसिडेन्ट नोमिनीमा करुण खनाललाई मनोयन गर्ने निर्णय गरिएको जानकारी दिए । नोमिनी र चेअरलाई प्रेसिडेन्ट काउन्सील र २०२१/२२ को बोर्ड गठन गर्न बनेको समितिले सिफारिस गरेको थियो । वर्ष २०२१/२२ का लागि डा. ताराप्रसाद खनाल अध्यक्ष रहेको कार्यसमितिबारे सचिव शर्माले जानकारी गराएका थिए ।

बैठकमा क्लबका अध्यक्ष सुनिल श्रेष्ठले लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माण गर्न लागिएको रोटरी क्यान्सर स्क्रिनिङ सेन्टरका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य पूर्वाधार शिर्षकमा ५०  लाख र बुटवल उपमहानगरपालिकाबाट ५ लाख रुपैयाँ छुट्टिएको जानकारी दिए ।बैठकमा कोषाध्यक्ष खेम पराजुली, मणिरत्न पाण्डे, रामचन्द्र पन्थी लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।