images

मंगलवार, बैशाख ११ गते २०८१

जेसीजबाट नेताहरुले सिक्नुपर्छ : बालकृष्ण खाण

जेसीजबाट नेताहरुले सिक्नुपर्छ : बालकृष्ण खाण

images
images
images
सोमवार, माघ ९ २०७९
सोमवार, माघ ९ २०७९
  • जेसीजबाट नेताहरुले सिक्नुपर्छ : बालकृष्ण खाण

    तिलोत्तमा, ९ माघ ।
    तिलोत्तमा जेसीजको ११ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । जेसीज वर्ष २०२३ का लागि निर्वाचित अध्यक्ष प्रकाश गौतमलाई वर्ष २०२२ का अध्यक्ष विनित भट्टराईले एक कार्यक्रमकाबीच पद हस्तान्तरण गरेका हुन् ।  

    images

    पद हस्तान्तरण कार्यक्रमको अवसरमा बोल्दै पूर्व गृह मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले तिलोत्तमा नगरको मौलिकतालाई संरक्षण गर्दै नगरको विकासमा सबै लाग्नुपर्नेमा जोड दिए । उनले शहर र गाउँमा मानिसको व्यवहारमा फरक हुने भएकोले तिलोत्तमा नगरलाई गाउँको जस्तो व्यवहार र शहरको जस्तो विकास भएको नगरको रुपमा स्थापित गर्नुपर्ने बताए ।

    कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपालका राजनीतिक दलका नेताहरुले सपथ ग्रहणको क्रममा ईश्वरको नाम उच्चारण गर्न आननकानी गरेको बताउँदै ईश्वरप्रतिको अस्था र विश्वास जेसीजबाट सिक्नुपर्ने बताए । उनले नेपाल बहुजाति, बहुधार्मिक, बहुसाँस्कृतिक देश भएकोले यहाँका हरेक व्यक्तिले विभिन्न धर्म, ईश्वरप्रति आस्था र विस्वास राख्दै आएका छन् । तर नेपालका केही नेताहरुले भने ईश्वरको नाम समेत उच्चारण गर्न आनाकानी गर्ने गरेकोले जेसीजमा ईश्वरको नाममा सपथ ग्रहण गर्दै गर्दा ईश्वरप्रतिको आस्था, विधिको शासन जेसीजबाट सिक्नुपर्ने बताए ।

    कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि तथा तिलोत्तमा नगरपालिकाका रामकृष्ण खाणले नगरभित्र कुनै पनि व्यवसायिक एवं सामाजिक संघ–संस्थाले सञ्चालन गर्ने राष्ट्रिय महत्वको कार्यक्रम तिलोत्तमा नगरपालिकाको पहिचानसँग जोडिने बताउँदै तिलोत्तमा जेसीजले आयोजना गर्न लागेको नेपाल जेसीजको क्षेत्र घ सम्मेलन सम्पन्न गर्न नगरपालिकाले पूर्ण सहयोग गर्ने उल्लेख गरे । 

    कार्यक्रममा नेपाल जेसीजका निरुपति कार्यकारिणी उपाध्यक्ष जीवन कार्की, मातृशाखाको तर्फबाट सिद्धार्थनगर जेसीजका पूर्व अध्यक्ष ओम कुमार श्रेष्ठ, छिमेकी शाखाको तर्फबाट बुटवल जेसीजका निर्वतमान उपाध्यक्ष चन्द्रमणी भुषाल, तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष रमेश डुम्रे लगायतले बोल्दै समाज रुपान्तरण, युवा सशक्तिकरणमा जेसीजको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । 

    कार्यक्रममा तिलोत्तमा जेसीज वर्ष २०२२ को अवार्ड रामु रोक्का र आउटस्टयान्डिङ्ग पर्फमेन्स अवार्ड प्रकाश गौतमले प्राप्त गरेका छन् । कार्यक्रम संयोजक दीपक घिमिरेको स्वागत रहेको पदसथापन कार्यक्रमको सञ्चालन वर्ष २०२३ का महासचिव महेश पौडेलले गरेका थिए । 

    तिलोत्तमा जेसीजको गत पुस २ मा सम्पन्न ११ औं शाखा अधिवेशनबाट प्रकाश गौतमको नेतृत्वमा नयाँ समिति सर्वसहमत चयन भएको थियोे । समितिको कार्यकारिणी उपाध्यक्षमा सुलभ बन्जाडे र दिल कुमारी उपाध्याय, उपाध्यक्षमा प्रतिभा क्षेत्री, महिमा कुवँर, राजिवजंग कुवँर, दिपेन्द्र सिहं जि.सी. निर्वाचित भएको निर्वाचन आयुक्त बासुदेव शर्माले बताए ।

    त्यस्तै मनोनित कानूनी सल्लाहकारमा रामु रोक्का, प्रमुख शाखा सल्लाहकारमा पूर्व अध्यक्ष यादव भट्टराई, महासचिवमा महेश पौडेल र कोषाध्यक्षमा प्रकाश न्यौपाने रहेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij