images

मंगलवार, बैशाख ११ गते २०८१

पब्लिक माविको स्वर्ण महोत्सवको दोस्रो दिन : बिभिन्न कार्यक्रम सम्पन्न 

पब्लिक माविको स्वर्ण महोत्सवको दोस्रो दिन : बिभिन्न कार्यक्रम सम्पन्न 

images
images
images
मंगलवार, माघ १० २०७९
मंगलवार, माघ १० २०७९
  • पब्लिक माविको स्वर्ण महोत्सवको दोस्रो दिन : बिभिन्न कार्यक्रम सम्पन्न 

    भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका ४ छपियास्थित पब्लिक माविको आयोजनामा भएको स्वर्ण महोत्सवको दाश्रो दिन बिभिन्न कार्यक्रम सम्पन्न भएको छ । माघ ८ गतेदेखि  संचालित स्वर्ण महोत्सवको दोस्रो दिन बिभिन्न कार्यक्रम सम्पन्न भएका हुन् । 

    images

    दोश्रो दिनको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व शिक्षा मन्त्री वसीउद्दिन खाँले उद्घाटन गरे । दाश्रो दिन अन्तर विद्यालय हाजिरी जवाफ, अन्तर विद्यालय वक्तृत्वकला, अन्तर सदनात्मक नृत्य, अन्तर सदनात्मक हाजिरीजवाफ लगायतका प्रतियोगिताहरु सम्पन्न भएको बिद्यालयका प्रधानाध्यापक डिलाराम खनालले जानकारी दिए । 

    अन्तर विद्यालय वक्तृत्वकलामा पब्लिक नमुना मावि प्रथम भएको छ । त्यसै गरि जनता मावि दोस्रो र सस्कार इङलिस स्कुल तेस्रो भएको छ । अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा दुर्गा मावि प्रथम भएको छ भने सस्कार इङलिस स्कुल दोस्रो र पब्लिक नमुना मावि तेस्रो भएको छ ।

    327066744_2801196513348755_7641317761620381618_n.jpg

     त्यस्तै अन्तर सदनात्मक नृत्य प्रतियोगितामा माछापुच्छ्रे सदन पहिलो, अन्नपूर्ण सदन दोस्रो र धौलागिरी सदन तेस्रो भएका छ्न । अन्तर सदनात्माक हाजिरी जवाफ प्रतियोगितामा माछापुच्छ्रे सदन पहिलो, सगरमाथा सदन दोस्रो र अन्नपूर्ण सदन  तेस्रो भएका छ्न । 

    कार्यक्रममा विद्यालयको स्थापना भएदेखि हालसम्म भएका विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र प्रधानाध्यापकहरुलाई सम्मान गरिएको बिद्यालयका सहप्राध्यापक ईन्द्रप्रसाद तिवारीले जानकारी दिए । 

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij