
मंगलवार , माघ १०, २०७९
भैरहवा, १० माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले धार्मिक पर्यटनको बिकास गर्न आबश्यक रहेको बताएका छन् । उनले भौतिक पुर्वाधारको बिकासले मात्रै मुलुकको बिकास हुन नसक्ने उल्लेख गर्दै मख्यमन्त्री गिरीले आर्थिक, सामाजिक, सास्कृतिक र धार्मिक बिकासलाई एकसाथ अगाडि बढाउनु पर्नेमा जोड दिए ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बसन्तपुर डण्डा नदीको तटमा जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको अबलोकन पश्चात सम्बोधन गर्दैै मुख्यमन्त्री गिरीले धार्मिक क्षेत्रको बिकासका लागि प्रदेश सरकारले योजनाबद्ध रुपमा काम अगाडि बढाउने बताए ।
मुख्यमन्त्री गिरीले यस्ता खालको धार्मिक कार्यक्रमले सनातन धर्मको रक्षाका लागि ठुलो मद्य तगर्ने र त्यसले आम मानिसलाई सत्कर्ममा अघि बढ्न प्रेरित गर्ने उल्लेख गरे ।
श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा मुलुकभरबाट भक्तजनहरु कथा सुन्न आउने गरेका छन् । माघ ४ बाट सुरु उक्त महायज्ञबाट संकलित रकमबाट जगद् गुरु पीठ निर्माण गर्ने लक्ष्य राखिएको छ ।
महायज्ञमा आएका भक्तजनहरुले आफ्नो गक्षअनुसारको दान प्रदान गरेको महायज्ञ मूल आयोजक समिति संयोजक विष्णुबहादुर रायमाझीले बताए ।
नेपालका प्रथम जगद् गुरु बालसन्त मोहन शरण देवाचार्यले दक्षिण धामका रुपमा भैरहवामा पीठ निर्माणको पहलकदमी थालेका छन् ।
पूर्वमा चतराधाम बराहक्षेत्रमा प्रथम जगद् गुरु पीठ, दोस्रो शारदा पीठ महाकाली, तेस्रो निलाद्री पीठ मुक्तिनाथ क्षेत्र जोमसोम स्थापना भइसकेको छ’, जगद् गुरु देवाचार्यले भने, अब ‘भैरहवा दक्षिण पीठका रुपमा धाम बनाउने मेरो उद्देश्य हो । यसका लागि रुपन्देहीबासीको माया, सद्भाव र सहयोग आवश्यक छ ।’ महायज्ञमा मुख्यमन्त्री गिरीलाई अभिनन्दन समेत गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij