
शनिवार , पौष ११, २०७७
भैरहवा, ११ पुस ।
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवाले आइभीएफ (इन्ट्रा भेट्रो फर्टिलाइजेशन) प्रविधिबाट बच्चा जन्माउने सेवा सुरु गर्न लागेको छ । हाल नेपाल इन्टरनेशनल इन्फर्टिलिटी लेपरर्सकोपिक सेन्टर काठमाण्डौंबाट प्रदान हुँदै आएको सेवा अब सिद्धार्थनगर सिटी हस्पिटलले सुरु गर्न लागेको हो ।
अस्पतालमा उक्त सेवाको शाखा कार्यालय रहने गरी सञ्चालन गर्न लागिएको सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । निसन्तानहरुलाई सन्तान दिलाउन आइभीएफ प्रविधिबाट बच्चा जन्माउने सेवा भैरहवामा भएपछि अब काठमाण्डौ जाने बाध्यता हट्ने अस्पतालका निर्देशक डा. अमित चर्तुवेदीले बताए । ‘निसन्तानहरुलाई यो प्रविधि उपयोगी हुनेछ, फागुनदेखि यो प्रविधि सेवा सुरुवात गर्नेछौंं, उनले भने ।’
काठमाण्डौं गएर उपचार गराउँदा उपचारको तुलनामा बस्न र खान बढी खर्चिलो भएकोले भैरहवामा यो सेवा उपलब्ध भएपछि यस क्षेत्रका वासिन्दा लाभान्वित हुने इनफर्टिलिटी एक्सपर्ट स्पेशलिष्ट डा. रश्मि श्रीसले बताइन् ।
लामो समय सम्म निःसन्तान भएका महिलाहरुलाई यो सेवा भैरहवामा उपलब्ध हुने भएपछि काठमाण्डौ जानु नपर्ने इनफर्टिलिटी एक्सपर्ट स्पेशलिष्ट डा. मीरा थापा र क्लीनिकल एम्ब्रीयोलोजिष्ट प्रिती विष्ट बस्नेतको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij