शुक्रवार, आश्विन ५ गते २०८०

सिद्धार्थनगरमा फागुन ५ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सिद्धार्थनगरमा फागुन ५ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

images
images

खबर पात्रो

१०, माघ २०७९
  • 2.1K
    SHARES
  • सिद्धार्थनगरमा फागुन ५ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

    भैरहवा, १० माघ ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा अगामी फागुन ५ गते देखि ७ गतेसम्म (तीन दिन) राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

    images
    images

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरस्तरीय व्यवस्थापन तथा निर्देशन समितीको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

    प्रतियोगितामा छात्र–छात्रा तर्फ भलिबल, कबड्डी, एथलेटिक्स र मार्शल आर्ट खेल हुने सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि नगरमा रहेको सबै विद्यालयहरुलाई अनुरोध गरिएको उनले बताए ।

    ‘नगरमा सामुदयिक, निजी, धार्मिक गरेर कुल ७२ वटा विधालय छन्’ उनले भने, ‘हामीले सबैलाई अनुरोध गरिसकेका छौँ, अधिकांश विद्यालयहरु सहभागी हुने अपेक्षा छ ।’

    उनका अनुसार प्रतियोगितामा एथलेटिक्स अन्र्तगत छात्रा तर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीन हजार, चार हजार एक सय , चार हजार चार सय मिटर र छात्र तर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीन हजार, चार हजार एक सय, चार हजार चार सय मिटर रिले दौड हुनेछन् ।

    त्यस्तै छात्रा तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो (८ सय ग्राम), सटफुट (८ पाउन्ड) र छात्र तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो (८ सय ग्राम), सटफुट (१२ पाउण्ड) पनि खेल हुने बताइएको छ ।

    यस्तै मार्शल आर्ट अन्र्तगत तेक्वान्दो खेलको छात्रा तर्फ अन्डर ४२ के.जी, ४४ के.जी, ४६ के.जी र छात्र तर्फ अन्डर ४५ के.जी, ४८ के.जी, ५१ के.जी तौल समूहका खेलाडी सहभागी हुने सिद्धार्थनगर नगरपालिकाको शिक्षा अधिकृत जानह्वी पाण्डेले बताइन्  । सो क्रममा कराँते खेल प्रदशनीको रुपमा समेत खेलाइने छ ।

    ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कार्यविधी अनुसार प्रतियोगिता संचालन गर्ने नगर स्तरीय समितीले निर्णय गरेको छ’ उनले भनिन्, ‘सोही कार्यविधी अनुसार प्रतियोगिता संचालन हुनेछ ।’

    उनका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर १८ वर्ष ननाघेको, भलिबल र कबड्डी खेलमा सहभागी हुने खेलाडीहरु फरक फरक हुने पर्ने, अन्तराष्ट्रिय खेल खेलका खेलाडीलाई खेलमा समावेश नगरिने लगायत प्रतियोगिताको कार्यविधी अनुसार हुनेछ ।

    प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका खेलाडीहरु राष्ट्रिय स्तर खेलमा सहभागी हुनका लागि लुम्बिनी प्रदेशमा हुने खेलमा सहभागी भइ छनौट हुने नगरपालिकाका शिक्षा शाखाका नायब सुब्बा कृष्ण पोखरेलले बताए ।

    प्रतियोगतामा प्रथम हुने टिम र खेलाडीलाई राष्ट्रपति रनिङ शिल्ड, ट्रफि, मेडल, प्रमाण पत्र, द्धितिय र तितृय विजेतालाई ट्रफि, मेडल, प्रमाण प्रदान गरिने नगरपालिकाको कार्यालयले जनाएको छ ।

    images
    प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - १६:२५:०३ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij