images

शुक्रवार, चैत्र १६ गते २०८०

पब्लिक नमूना माविको स्वर्ण महोत्सव : आजीवन सदस्यलाई सम्मान 

पब्लिक नमूना माविको स्वर्ण महोत्सव : आजीवन सदस्यलाई सम्मान 

images
images
images
मंगलवार, माघ १० २०७९
मंगलवार, माघ १० २०७९
  • पब्लिक नमूना माविको स्वर्ण महोत्सव : आजीवन सदस्यलाई सम्मान 

    सियारी, १० माघ ।
    रुपन्देहीको सियारी गाउँपालिका–४ छपियास्थित पब्लिक नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रमको तेस्रो दिन मंगलबार आजीवन सदस्य सम्मान तथा विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छ्न ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले विद्यालयलाई जिल्ला समन्वय समितिबाट हुने सहयोगमा कमी नहुने बताए । 

    कार्यक्रममा प्रमुख चापागाईंले विद्यालयका आजीवन सदस्यहरुलाई  प्रशंसापत्र वितरण गरी सम्मान गरेका थिए । विविध प्रतियोगिता अन्तर्गत सम्पन्न अन्तर माध्यमिक विद्यालय नृत्य प्रतियोगितामा सन्तज्योती इङलिस स्कूल प्रथम भएको छ । त्यसै गरी पब्लिक नमूना मावि दोस्रो र संस्कार इङलिस स्कूल तेस्रो भएको छ ।

    अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पब्लिक ए र पब्लिक बी सेमीफाइनलमा प्रवेश गरेका छन् ।

    त्यसै गरी सदनात्मक कविता लेखन प्रतियोगितामा अन्नपूर्ण सदन पहिलो, सगरमाथा सदन दोस्रो र तेस्रो भएका छन् । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षता, प्रधानाध्यापक डिलाराम खनालको स्वागत तथा सहायक प्रधानाध्यापक षडानन्द शर्मा गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    स्वर्ण महोत्सव अन्तर्गत बुधबार अन्तरविद्यालय भलिबल प्रतियोगिता, पूर्व विद्यार्थी समाज स्मारिका विमोचन, पूर्व विद्यार्थी समाज गाडी उपहार प्रदान गर्ने महानुभावलाई सम्मान कार्यक्रम, पब्लिक पूर्व विद्यार्थी मिलन कार्यक्रम, २०३५ देखि हालसम्म एसएलसी प्रथमलाई सम्मान, पूर्व विद्यार्थी र शिक्षक कर्मचारीबीच मैत्रीपूर्ण फुटबल हुने स्वर्ण महोत्सव प्रचारप्रसार संयोजक तथा विद्यालयका सहायक प्रधानाध्यापक इन्द्र प्रसाद तिवारीले जानकारी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij