२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

संसद् भवन अगाडि शरीरमा आगो लगाएका आचार्यको मृत्यु

बुधवार , माघ ११, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, ११ माघ । 
    संघीय संसद् भवन अगाडि मंगलबार आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।

    कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको बुधबार (आज) बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    इलाम घर भएका आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उनको उद्धार गरी अस्पताल पुर्याएको थियो । अस्पतालका अनुसार आचार्यको शरीर ८० प्रतिशत जलेको थियो ।

    सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले देशमा गरिखाने अवस्था नभएकोले आफूले मृत्यु रोज्न खोजेको लेखेका थिए ।