images

बिहिवार, बैशाख १३ गते २०८१

ऐन र नीतिहरु पारित गर्दै सकियो बुटवलको नगरसभा 

ऐन र नीतिहरु पारित गर्दै सकियो बुटवलको नगरसभा 

images
images
images
बुधवार, माघ ११ २०७९
बुधवार, माघ ११ २०७९
  • ऐन र नीतिहरु पारित गर्दै सकियो बुटवलको नगरसभा 

    बुटवल, ११ माघ । बुटवल उपमहानगरपालिकाको नगर सभाको १२औं अधिवेशन विभिन्न ऐन संसोधन तथा नीतिहरु पारित गर्दै सकिएको छ । पुस २१ गते शुरु भएको नगरसभाको १२औं अधिवेशनले जलश्रोत नीति, कर्मचारी दरबन्दी सम्बन्धि संगठन तथा व्यवस्थापन संरचना, स्वास्थ्य ऐन संसोधनसहित पारित गरेको हो ।

    images

    अधिवेशनले बुटवलभित्र रात्रीकालीन बजार सञ्चालन, नदीजन्य पदार्थको अवैध उत्खनन् तथा चोरीनिकासीमा नियन्त्रण, नागरिक बडापत्रलाई तीन भाषामा प्रकाशन गर्ने प्रस्ताव पारित गरेको नगर सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

    यस्तै, नगरसभाले यसअघि गठन भएका समिति, उपसमिति, परिषद् र आयोगहरुको नयाँ गठन प्रक्रिया अगाडि बढाउने, बुटवल भित्रका पार्कहरुलाई नगरमातहत ल्याउन कानून बनाउने, टोलविकास संस्थाहरुलाई व्यवस्थित गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

    यसअघि नगरसभाको बैठकमा सम्बोधन गर्दै नगरसभाका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई अगुवा शहरका रुपमा स्थापित गर्नका लागि सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी एकजुट भएर अगाडि बढ्ने बताएका छन् ।

     उनले बुटवललाई ‘समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर’का रुपमा स्थापित गर्दै आर्थिक केन्द्र र मानव संशाधनका दृष्टिले उच्च क्षमताको जनशक्ति उत्पादन र खपत गर्ने शहरका रुपमा स्थापित गर्ने बताए ।

     उनले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा विशेष चासो दिदै समयमै योजना सम्पन्न गर्नतर्फ ध्यान दिन जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij