२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

जेसीआई सिद्धार्थ लेडी, नेपालद्वारा भीम अस्पतालमा पौष्टिक आहार वितरण

बिहिवार , माघ १२, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, १२ माघ ।
    जेसीआई सिद्धार्थ लेडी, नेपालले भैरहवास्थित भीम अस्पतालमा मातृ, शिशु पौष्टिक आहार तथा सामग्री वितरण गरेको छ । संस्थाले बुधबार एक कार्यक्रमकाबीच अस्पतालका प्रसुती गृहमा रहेका बिरामीहरुलाई पौष्टिक आहार तथा विभिन्न सामग्री वितरण गरेको कार्यक्रम संयोजक संगीता आचार्यले बताइन् ।

    कार्यक्रममा बोल्दै भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले जेसीआई सिद्धार्थ लेडी, नेपालले २५ जना बढी बिरामीलाई पौष्टिक आहार वितरण गरेको बताए । उनले यस क्षेत्रका विभिन्न संघ–संस्थाले अस्पताललाई सहयोग गर्दै आएको  बताए । केही दिन पहिला लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) ले अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको जानकारी दिए । उनले भने, ‘यहाँका संघ–संस्थाहरुले भीम अस्पतालको बारेमा चासो राख्नु र समयसमयमा सुझाव दिनु सकारात्मक छ ।’

    IMG_3185.JPG

    अस्पतालकी मेडिकल सुपरीटेण्डेण्ड डा. शकुन्तला गुप्ताले जेसीआई सिद्धार्थ लेडी, नेपालले अस्पतालाई सेवाको भावनाले सहयोग गर्नु सराहनीय भएको बताइन् । उनले भनिन्, ‘एकदमै खुसी लागेको छ । आगामी दिनमा पनि यो संस्थाले विभिन्न नयाँ कार्यक्रम गर्ने ल्याउने विश्वास व्यक्त गर्दछु ।’ 

    जेसीआई सिद्धार्थ लेडी, नेपाल वर्ष २०२३ की अध्यक्ष विष्णु पाण्डेको अध्यक्षता तथा महासचिव मनिषा पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    IMG_3197.JPG