शुक्रवार, चैत्र १७ गते २०७९

रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि रोहिणी–१ लाई

रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि रोहिणी–१ लाई

images
images

खबर पात्रो

१४, माघ २०७९
  • 1.3K
    SHARES
  • रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि रोहिणी–१ लाई

    भैरहवा, १४ माघ ।
    रोहिणी अध्यक्ष कप २०७९ (क्रिकेट प्रतियोगिता) को उपाधि रोहिणी गाउँपालिका वडा नम्बर १ ले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा रोहिणी–२ लाई ४९ रनले पराजित गर्दै रोहिणी–१ ले उपाधि जितेको हो ।

    टस जितेर रोहिणी–२ ले बलिङ रोज्यो । सुरुमा ब्याटिङ गरेको रोहिणी–१ ले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै २१९ रन बनायो । उसका लागि धिरुले ८५, अबरारले ४१ र सम्सादले २६ रनको योगदान गरे । बलिङमा रोहिणी–२ का आकाश, विनायक र सई मोहम्मदले २/२ विकेट लिए ।

    images

    जीतका लागि २२० रनको लक्ष्य पाएको रोहिणी–२ ले १६ ओभरमा ९ विकेट गुमाउँदै १७० रन बनायो । उसका लागि कमलले ५८, इन्जमामले ४० र पंकजले ३८ रनको योगदान गरे । बलिङमा रोहिणी–१ का धिरुले ३ र अफसरले २ विकेट लिए ।
    प्रतियोगिताको म्यान अफ द म्याच धिरु, म्यान द अफ द सिरिज धिरु, बेस्ट ब्याटसम्यान कमलेश र बेस्ट बलर धिरु घोषित भए ।
    प्रतियोगितामा रोहिणी–५ र रोहिणी–६ सेमीफाइनलमा पुगेका थिए ।

    IMG_5759.JPG
    प्रतियोगिताको उपविजेता रोहिणी-२

    नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा गत माघ ३ गतदेखि रोहिणी–३, धकधईस्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको थियो । 

    प्रतियोगितामा प्रथम (विजेता) हुने टीमलाई रु.६० हजार र उपविजेता (द्वितीय) हुने टीमलाई रु. ३० हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताए । त्यस्तै सेमीफाइनलमा पुगेका दुईटा टीमलाई रु. १५/१५ हजार प्रदान गरिएको कुर्मीले जानकारी दिए । प्रतियोगितामा गाउँपालिकाका ७ वटा वडाका ७ र एउटा कर्मचारीको टीम गरी ८ वटा टीमको सहभागीता रहेको उनले बताए ।

    विजेता तथा उपविजेता टीमलाई शुक्रबार एक कार्यक्रमकाबीच रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, प्रवक्ता वीर बहादुर क्षेत्री, वडा नम्बर १ का वडाअध्यक्ष आविद अली पठान, रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खाँ, गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्रा, महिला तथा बालबालिका शाखा प्रमुख जमुना शर्मा लगायतले पुरस्कार प्रदान गरेका थिए ।

    कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष यादवले क्रिकेट खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग गरेको बताए । उनले गाउँपालिकाका विभिन्न वडाबाट राम्रो खेलाडी छनौट गरी विभिन्न प्रतियोगिताहरुमा सहभागी गराउने बताए । उनले रोहिणीमा नमूना खेलमैदान निर्माण गरिने प्रतिवद्धता व्यक्त गरे । मनोज कुमार यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १४, २०७९ शनिवार - ०५:५९:३९ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend