images

शुक्रवार, बैशाख ७ गते २०८१

कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा हुने

कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा हुने

images
images
images
आइतवार, माघ १५ २०७९
आइतवार, माघ १५ २०७९
  • कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा हुने

    बुटवल, १५ माघ ।

    images
    images
    images

    नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय समिति बैठक रुपन्देहीमा हुने भएको छ । निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न संगठनले यही माघ २७ र २८ गते रुपन्देहीमा केन्द्रीय कार्य समितीको वैठक गर्ने भएको हो ।

    संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले दिएको जानकारीअनुसार संगठनको केन्द्रीय कार्यसमितिको बैठक रुपन्देहीमा बस्ने गरी तयारी भएको छ । दुई दिन बस्ने बैठकको पूर्व सन्ध्यामा माघ २६ गते संगठनको सचिवालय बैठक समेत बस्ने गरी संगठनको केन्द्रीय पदाधिकारीको वैठकबाट निर्णय भएको बताइएको छ ।

    नेकपा एमाले निकट मानिने उक्त संगठनको बैठकमा सहभागी हुन १६८ जना केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्यका साथै विभिन्न आयोगका संयोजक एवं सम्पूर्ण प्रदेश कमिटीका अध्यक्षहरु रुपन्देही आउन लागेको संगठनका केन्द्रीय सदस्य एवं रुपन्देही इञ्चार्ज नारायण प्रसाद भण्डारीले  जानकारी दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij