images

शुक्रवार, बैशाख १४ गते २०८१

पत्रकार भण्डारीको पुस्तक ‘सत्ता संघर्ष’ को बुटवलमा विमर्श 

पत्रकार भण्डारीको पुस्तक ‘सत्ता संघर्ष’ को बुटवलमा विमर्श 

images
images
images
आइतवार, माघ १५ २०७९
आइतवार, माघ १५ २०७९
  • पत्रकार भण्डारीको पुस्तक ‘सत्ता संघर्ष’ को बुटवलमा विमर्श 

    बुटवल, १५ माघ ।
    नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकबारे शनिबार बुटवलमा विमर्श गरिएको छ । विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय भण्डारीले ३० बर्षमा बनेका २८ सरकारका नालीबेली समेटेर ‘सत्ता संघर्ष’ नामक पुस्तक प्रकाशन गरेका छन् । 

    images

    रुपन्देहीबाटै पत्रकारिता थालेका भण्डारीको पुस्तकको विमर्श लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री गिरीले पुस्तकमा भोगेका, देखेका र छामेका विषयवस्तुहरु समेटिएको बताए । उनले दोष राजनीतिक दल र नेतालाई मात्र दिनुभन्दा नेपालमा सत्ता संघर्षमा कस्को स्वार्थ हावी भएको छ, त्यसको पनि खोजी गर्नुपर्ने बताए । उनले दुनियाभर सत्ताका लागि अल्पमत र बहुमत हुने कुरा स्वभाविक भए पनि नेपालमा बहुमत हुँदा पनि सरकार किन गिर्छ ? यसको कारण खोजी हुनुपर्ने बताए । ‘भूराजनीतिक हिसाबले कसैको स्वार्थ छ की’ मुख्यमन्त्री गिरीले भने–‘यतातर्फ पनि मिहिनेत गर्न लेखक भण्डारीलाई सुझाव छ ।’ मुख्यमन्त्री गिरीले राजनीतिक स्थिरताले मात्रै मुलुक बन्ने बताए । 

    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले पुस्तकले जीउँदो इतिहास बोलेको बताए । उनले राजनीतिक परिवर्तनसँगै संस्कारिक परिवर्तन हुन नसक्दा पनि नेतृत्वमा कमजोरी देखिएको बताए । उनले वर्तमान निर्वाचन प्रणालीका कारण पनि सरकार गठनमा धेरै दलहरुको सहभागिता गराउँदा अस्थिरता पैदा भएको बताए । 

    नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य सोनिया यादवले पुस्तक राजनीति गर्नेहरुका लागि संग्रहणीय रहेको बताइन् । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले पुस्तकमा देखिएका तथ्य र विषयहरुले वर्तमान राजनीतिको सवाललाई उदाङगो पारेको बताए । 

    पुस्तकमाथि समीक्षा गर्दै विश्लेषक आरसी आचार्यले पुस्तकले समेटेका अधिकांश विषयवस्तु यथार्थपरक रहेको र दलहरुले सत्ताका लागि गरेका प्रपञ्चहरुलाई समेटिएको बताए । विमर्शमा पुस्तकका लेखक रामकृष्ण भण्डारीले १० वर्षको मिहिनेतबाट पुस्तक बजारमा आएको बताए । उनले पत्रकारिता जीवनमा आफूले देखेका, भोगेका, महसुस गरेका, अनुभव गरेका र विभिन्न नेता एवं व्यक्तिसँगको कुराकानीका आधारमा पुस्तक तयार पारेको बताए । 

    पुस्तक विमर्शमा मुख्यमन्त्री गिरीसहित नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष, सल्लाहकार, पत्रकारहरु, राजनीतिक दलका नेता, विश्लेषक, साहित्यकार, उद्योगी व्यवसायी एवं विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । सांग्रिला बुक्सद्वारा प्रकाशित पुस्तकमा २०४६ को राजनीतिक परिवर्तनदेखि २०७४ को निर्वाचनबाट बनेका सरकार, राजनीतिक दाउपेच र सत्ता संघर्षमा केन्द्रित विषयवस्तुलाई समेटिएको छ । कार्यक्रम पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता तथा सचिव विनोद परियारको सञ्चालनमा सम्पन भएको थियो । 

    पत्रकार कंडेल परिवारलाई एक लाख १० हजार सहयोग 

    नेपाल पत्रकार महासंघ रुपन्देहीले सवारी दुर्घटनामा पनि मृत्यु भएका पत्रकार एन.बी. कंडेलको परिवारलाई एक लाख १० हजार रुपैयाँ प्रदान गरेको छ । सत्ता संघर्ष पुस्तकको विमर्श कार्यक्रमका अवसरमा मुख्यमन्त्री लिला गिरीको उपस्थितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेलले कंडेल पत्नी मञ्जु कंडेललाई चेक हस्तान्तरण गरेका हुन । महासंघ रुपन्देहीले सदस्यहरुका लागि गरेको दुर्घटना बीमा मार्फत कंडेललाई उक्त रकम सहयोग गरेको हो । त्यसै गरी सोही अवसरमा केही समयअघि दुर्घटनामा परि घाइते भएका महासंघका सदस्य बसन्त बराललाई पनि सहयोग प्रदान गरिएको छ । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij