images

मंगलवार, बैशाख ११ गते २०८१

उपमेयर कप महिला भलिबलको उपाधि एभरेष्ट बोर्डिङलाई

उपमेयर कप महिला भलिबलको उपाधि एभरेष्ट बोर्डिङलाई

images
images
images
आइतवार, माघ १५ २०७९
आइतवार, माघ १५ २०७९
  • उपमेयर कप महिला भलिबलको उपाधि एभरेष्ट बोर्डिङलाई

    तिलोत्तमा, १५ माघ ।  
    चौथो उपमेयर कप खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि बुटवलको एभरेष्ट बोर्डिङ हाई स्कूलले जितेको छ । तिलोत्तमा–८ स्थित कुंवरवर्ती बोर्डिङ स्कुलको प्रांगणमा शनिबार सम्पन्न फाइनलमा न्यू होराइजन बोर्डिङ स्कूल बुटवललाई सोझो सेटमा पराजित गर्दै एभरेष्टले उपाधि जितेको हो ।

    images

    त्यस्तै साविकको शिल्ड विजेता कुंवरवर्ती बोर्डिङ हाई स्कुल तेस्रो र हिलबर्ट माध्यमिक विद्यालय कपिलवस्तु चौथो भएका छन् । तिलोत्तमा नगरपालिकाको आयोजना र कुंवरवर्ती बोर्डिङ हाई स्कुलको संयोजनमा भएको प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका ९ वटा टीमको सहभागिता रहेको थियो ।

    प्रतियोगितामा एभरेष्टकी निशा चौधरी बेस्ट स्पाइकर, यमुना रसाइली बेस्ट डिफेन्स, सरस्वती कट्टेल बेस्ट लिफ्टर, शान्ता सुनार बेस्ट प्लेयर, मीना सुनार उदियमान खेलाडी तथा अर्जुन घिमिरे बेस्ट कोच घोषित भए ।

    त्यस्तै कुंवरवर्ती बोर्डिङकी बुनु आले अनुशासित खेलाडी, न्यू होराइजनकी संगिता चौधरी बेस्ट सर्भर, हिलबर्ट माविकी स्मारिका चौधरी बेस्ट ब्लकरका रुपमा पुस्कृत भएका छन् ।

    प्रतियोगिताको समापन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले नगरभित्रका संस्थागत विद्यालयहरुले शिक्षा क्षेत्रमा ठूलो योगदान गरेका चर्चा गर्दै सामुदायिक र संस्थागत विद्यालयबीच सरकारले गर्ने विभेद अन्त्य हुनुपर्ने बताए ।

    सो अवसरमा उपमेयर जागेश्वरी देवी चौधरीले खुलला महिला भलिबल प्रतियोगिताले आम महिलाहरुलाई खेलकुदप्रति आकर्षित गर्न सफल भएको भन्दै यस्ता प्रतियोगितालाई अझ विस्तारित र फराकिलो बनाउनुपर्ने बताइन् ।

    विद्यालयका प्राचार्य दीपक खनालले विद्यालयले विद्यार्थीको सर्वाङगीण विकासका लागि शैक्षिक क्रियाकलापसँगै खेलकुद, संगीत र अतिरिक्त कियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिएको हुँदा विद्यार्थी र अभिभावकको रोजाइको विद्यालय बनेको बताए ।

    कार्यक्रममा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका अध्यक्ष लक्ष्मण खनालले आआफ्ना भनाइ राखेका थिए । प्रतियोगिताको विजेता टीमले ६१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले २१ हजार र सान्त्वना हुनेले ११ हजार नगदसहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij