२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

अर्घाखाँचीमा करेन्ट लागेर एकजनाको मृत्यु

सोमवार , माघ १६, २०७९

  • 5.5K
    Shares
  • 5.5K
    Shares
  • सन्धिखर्क, १६ माघ

    अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-९ ढिकुरामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । 

    ढिकुराको भुजेलपानीमा विद्युत मर्मत गर्ने क्रममा सन्धिखर्क नगरपालिका-७ डिहिडाँडा निवासी १९ वर्षीय रोशन शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

    करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि अर्घाखाँची जिल्ला अस्पतालमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । न्युज कारखाना