२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नेपाल मगर संघ सिद्धार्थनगरको अध्यक्षमा चन्द्र बहादुर

शनिवार , पौष ११, २०७७

भैरहवा, ११ पुस ।
नेपाल मगर संघ नगर समिति सिद्धार्थनगर रुपन्देहीको १३ औं नगर अधिवेशन सम्पन्न भएको छ । सिद्धार्थनगर वडा नम्बर ९ स्थित मगर भवनमा सम्पन्न अधिवेशनले चन्द्र बहादुर राना मगरको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको छ । जसको उपाध्यक्षमा चन्द्र बहादुर पुन, सचिवमा राम बहादुर सारु मगर, कोषाध्यक्षमा सहवीर राना मगर र सह–सचिवमा निर्वाचित भएका छन् । 

त्यस्तै सदस्यहरुमा मन बहादुर राना, दिपक थापा, कुमारी देवी सुनारी, रमेश श्रीस मगर, राम बहादुर आले मगर रहेका छन् ।
अधिवेशनको उदघाटन् कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल मगर सेवा समाज सिद्धार्थनगरका संस्थापक अध्यक्ष केशर बहादुर आले मगरलेसमाजमा बसोबास गर्ने व्यक्तिले हरेक बेला समाजलाई आवश्यक परेको बेला सहयोग गर्नुपर्ने बताए । 

त्यस्तै नेपाल मगर लेखक संघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका न्यायीक समिति सदस्य उमेश थापा लाटोमगरले  समाज भनेको घर रहेको र घर भनेको पाठ्शाला पनि भएकोले पाठ्शाला रुपी घरमा सिक्ने र सिकाउने काम गर्नुपर्ने बताए । 

त्यस्तै गरी नवनिर्वाचित अध्यक्ष चन्द्र बहादुर राना मगरले समाजलाई अझ एकताको शुत्रमा बांधेर लैजाने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल मगर महिला संघ नगर समितिका अध्यक्ष माया सारु मगर, नेपाल मगर बौद्ध सेवा समाजका अध्यक्ष प्रेम बहादुर सलामी मगर, ढक बहादुर सारु मगर, आनन्द कुमार थापा, पदमा थापा, गौरव थापा, इन्द्रमाया मगर, गंगा बहादुर थापा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।टेक बहादुर रानाको स्वागत तथा शशी थापा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।