२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

प्युठानबाट चोरीको सामानसहित दुईजना पक्राउ

मंगलवार , माघ १७, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • प्युठान, १७ माघ । 

    चोरीका सामग्रीसहित प्यूठानबाट दुई जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको जानकारी अनुसार स्वर्गद्वारी नगरपालिका-४ भिंगृमा खटिएको प्रहरीको गस्तीले रोल्पाका दुई युवा पक्राउ परेका हुन् । 

    रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ का २८ वर्षीय देव पुन र लुंग्री गाउँपालिका-६ गुम्चालका १८ वर्षीय भिमे परियारलाई प्रहरीले पक्राउ गरेको हो । 

    उनीहरूसँग खानतलासी गर्दा विभिन्न स्थानबाट चोरी गरेर ल्याइएका भाडाकुडाहरू (तामाको ताउला २, गाग्री २, कसौडी ३, डाडु १ थान) र २ थान मोबाइल सेट फेला परेको छ । 

    उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानमा लगिएको छ । न्युज कारखाना