२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

लायन्स क्लव अफ भैरहवा युथद्वारा बिद्यालयलाई सहयोग 

शनिवार , पौष ११, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा। लायन्स क्लव अफ भैरहवा युथले भैरहवा स्थित एक बिद्यालयलाई बिभिन्न सामाग्री सहयोग गरेको छ। क्लवले सिद्धार्थनगर नगरपालिका बडा नम्बर ११ स्थित भुजौली प्राथमिक विद्यालयलाई वाटर ट्याङक, स्यानीटाईजर तथा स्वास्थ्य समाग्री सहयोग गरेको हो। 

    लायन्स अन्तर्राष्ट्रिय ३२५ बि २ का स्ट्रेटेजिक चिफ लायन महेश चन्द थापाको प्रमुख आतिथ्यता, एरिया को चिफ लायन धिरज मल्लीक, लुम्बिनी ईट्टा व्यवसायी संघका महासचिव अजय कुमार गुप्ताको बिषिस्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। 

    क्लबका संस्थापक अध्यक्ष लायन बिवेक जैसवालको सभापतित्व, सचीव लायन रामेश्वर प्रजापतिको सन्चालन, कार्यक्रम संयोजक तथा क्लवका प्रथम उपाध्यक्ष लायन सन्तोष शुक्लाको स्वागत मन्तव्यमा भएको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश यादव, उद्योग व्यापार सङगठन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष गिरिश चन्द त्रिपाठी लगायतले शुभकामना मन्तव्य राख्दै लायन्सले यस्ता सामाजिक कार्यलाई थप प्रभावकारी बनाउदै जानु पर्नेमा जोड दिए। 

    lions bhw youth.jpg

    कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थ नगर गौतमबुद्धका अध्यक्ष लायन अरुण कुमार मिश्रा, मङगलम पाईपका व्यवस्थापक प्रदीप शुक्ला लगायत क्लबका पदाधिकारीहरुको उपस्तिथि रहेको थियो।